Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 417
    SHARES

    फाइल तस्विर

    धनगढी । धनगढीका दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका(२ भन्सार रोड बस्ने अन्दाजी २९ वर्षीय कैलाश थापा रहेका छन् ।

    शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।



    मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीय भुपेश पाल घाइते छन् । उनको पद्मा अस्पतालमा अत्तरियामा उपचार भइरहेको छ ।

    ट्रक र चालक बझाङको वित्थडचिर गाउँपालिका-२ का भरत बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार