Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • इलाममा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

    इलाममा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 543
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इलाममा भारी वर्षा भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार सोक्तिम वर्षामापन केन्द्रमा शनिबार बेलुका भारी वर्षा भएको हो ।



    त्यहाँ थप वर्षा हुनसक्छ । वर्षासँगै खोलाहरूमा जलसतह बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।



    “भदौ १५,राति ८ः२० बजे । पछिल्लो एक घण्टामा इलाम जिल्लाको सोक्तिम वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको छ । सो क्षेत्र भई बहने माईखोला, गरुबाखोलालगायत अन्य स–साना खोलाहरूमा जलसतह बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार