Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • कलंकीमा मोटरसाइकलले ठक्कर दिँदा लडेको स्कुटर चालकको मृत्यु

    कलंकीमा मोटरसाइकलले ठक्कर दिँदा लडेको स्कुटर चालकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 762
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कलंकीमा अनियन्त्रित भएर सडकमा लडेको स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

    कलंकीस्थित मकालु पेट्रोल पम्पनजिक बा ९५ प ७६३५ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा लडेपछि पछाडिबाट आएको बसले चेप्दा स्कुटर चालकको मृत्यु भएको हो।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्दै आएका विष्णु बहादुर मगर छन्।



    दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि कलंकीकै नेशनल अस्पताल लगिएकोमा बिहान साढे १० बजे उनको मृत्यु भएको हो।

    प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकलको ठक्कर दिएपछि स्कुटर अनियन्त्रित भएर सडकमा लडेको र पछाडिबाट बसले किचेको थियो। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएपनि त्यसका चालक भने फरार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार