Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’ प्रतिबन्ध

    ब्राजिलमा सामाजिक सञ्जाल ‘एक्स’ प्रतिबन्ध

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 399
    SHARES

    एजेन्सी । ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्स (पहिलाको ट्वीटर) लाई प्रतिबन्ध लगाएको छ ।

    ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो । एक्सले म्यादभन्दा पहिले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो।



    अलेक्जान्डर डे मोरेसले एक्सलाई ‘तत्काल र पूर्ण निलम्बन’ आदेश दिएका हुन्। जबसम्म एक्सले अदालतका सबै आदेशहरू पूरा गर्दैन र जरिवाना तिर्दैन तबसम्म एक्स प्रतिबन्धित हुनेछ ।



    यो मुद्दा यस वर्षको अप्रिलमा सुरु भएको थियो । न्यायाधीशहरूले गलत सूचना फैलाएको आरोपमा दर्जनौं एक्स अकाउन्टमा प्रतिबन्ध लगाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार