Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • बाजुराको कुवाडी नदी थुनियो, सतर्कता अपनाउन आग्रह

    बाजुराको कुवाडी नदी थुनियो, सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 720
    SHARES

    फाइल तस्विर

    बाजुरा । बाजुराको हिमाली गाउँपालिका-२ को कुवाडी नदी थुनिएको छ ।

    हिजो बिहान कुवाडी नदी नजिकैबाट पहिरो गएका कारण नदी थुनिएको हो ।



    पहिरो खसेलगत्तै नदीमा पानीको सतह घटेको र हिजो दिउँसोदेखि भने सामान्य अवस्थामा पानी बग्न थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।



    तर पानी सञ्चित भएर बसेको हुन सक्ने र कमजोर चट्टान भएमा एक्कासी पहिरो खोलिँदा तल्लो तटीय क्षेत्रमा नदीको जलसतह एक्कासी बढ्न सक्ने भएकाले बाजुराको तटीय क्षेत्रमा बस्नेहरुलाई आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार