Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सुरक्षा सामुदायिक वन जुवातास, चारजना पक्राउ

    सुरक्षा सामुदायिक वन जुवातास, चारजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 471
    SHARES

    कैलाली । कैलालीमा एक सामुदायिक वनबाट तास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको गोदावरी नगरपालिका–१ बनखेत स्थित सुरक्षा सामुदायिक वनको जंगलमा जुवातास खेलिरहेका चारजना पक्राउ परेका हुन्।



    पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का ४१ वर्षीय प्रेम रोकाया, गोदावरी–१ का ३३ वर्षीय रतन चौधरी, ४८ वर्षीय मानबहादुर ऐर र दाङ घोराहीका ५२ वर्षीय सुनिल बुढामगर रहेका छन्।



    २१ हजार ८८० रुपैँया र एक थान ताससहित उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार