Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • तामाको तार चोरी गरेको आरोपमा तीनजना पक्राउ

    तामाको तार चोरी गरेको आरोपमा तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 639
    SHARES

    कास्की । कास्की प्रहरीले तामाको तार चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने २९ वर्षीय सुजन परियार, ३७ वर्षीय विकास खवास र २६ वर्षीय निशान दर्जी रहेका छन् ।



    उनीहरूलाई जिल्ला अदालत कास्कीमा चोरी तथा डाँका सम्बन्धी मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको बताइएको छ ।



    पोखरा महानगरपालिका-१४ मझेरीपाटन गोर्खा भिलेजस्थित सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ केभी ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा गरी अन्दाजी ६ लाख बराबरको सामान चोरी गरेको प्रहरीले जनाएको छ ।

    उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार