Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बीमा रकम दाबीका लागि आफ्नै पसल जलाउने दुईजना जेल चलान

    बीमा रकम दाबीका लागि आफ्नै पसल जलाउने दुईजना जेल चलान

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 1.1K
    SHARES

    कास्की । बीमाको रकम दाबीका लागि आफ्नै पसलमा आगो लगाउने दुईजना जेल चलान भएका छन् ।

    जेल चलान हुनेमा स्याङ्जाको आधिखोला गाउँपालिका-६ बस्‍ने ३६ वर्षीय सुजन गहतराज र स्याङ्जाको पुतली बजार नगरपालिका-७ बस्न‍े ४३ वर्षीय पवन नेपाल रहेका छन् ।



    कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षको लागि कारागार चलनग गर्ने आदेश दिएको हो । उनीहरूले बीमाको रकम दाबी गर्नका लागि साउन १६ गते आफ्नै पसलमा आगो लगाएका थिए ।



    साउन १६ गते बिहान सवा १ बजे पोखरा महानगरपालिका वडा नं. ६ नारेश्वर स्थित डाक्टर थानेश्वर पहारीको घर भाडामा लिएर सञ्चालन गरिएको लिईमुक्तिनाथ सपिङ सेन्टरमा उनीहरुले आगो लगाएका थिए ।

    उनीहरुमाथि प्रहरीले आपराधिक उपद्रव मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार