Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • उद्योगीलाई प्रोत्साहन गर्नेगरी लचिलो नीति ल्याउँछौं : अर्थमन्त्री पौडेल

    उद्योगीलाई प्रोत्साहन गर्नेगरी लचिलो नीति ल्याउँछौं : अर्थमन्त्री पौडेल

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 315
    SHARES

    रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नेगरी नीति ल्याउने बताएका छन्।

    रुपन्देहीमा आयोजित नेपाली उद्यमी मन्चको सातौं राष्ट्रिय नेतृत्वसीप सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।



    उनले यही सरकारबाट नै स्थिरता सम्भव रहेको बताए। अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकांक सकारात्मक नभएकाले सरकार दबाबमा रहेको बताए ।



    उनले यसमा सुधार ल्याउनका लागि सरकारले केही योजना अगाडि सारेको समेत बताए ।

    अर्थमन्त्री पौडेलले देशको आर्थिक अवस्थाको चित्रण गर्दै अहिले सार्वजनिक ऋण २४ खर्बभन्दा बढी रहेको र यो बढ्दै गएका कारण अब कस्तो ऋण लिने भन्ने चिन्ता बढाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार