Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • अमेरिकामा मुनाको गोली हानी हत्या गर्ने आरोपीको पहिचान खुल्यो, यस्तो छ हत्याको रहस्य !

    अमेरिकामा मुनाको गोली हानी हत्या गर्ने आरोपीको पहिचान खुल्यो, यस्तो छ हत्याको रहस्य !

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 10.7K
    SHARES

    काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिको पहिचान खुलेको छ ।

    ह्युस्टन प्रहरीका अनुसार पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्ति ५३ वर्षीय बब्बी सिंह शाह हुन् ।



    न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासमा उल्लेख भएअनुसार शाहविरुद्ध हत्या अभियोग दर्ता गरिएको छ ।



    लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आयशयुक्त तरिकाले पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा भनिएको छ ।

    शाहलाई बुधबार बेलुका ८ बजे लगत्तै उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा पक्राउ गरिएको थियो ।

    टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा पाण्डे गोली हानेर मारिएको अवस्थमा फेला परेकी थिइन् ।

    नेपालमा भोजपुर घर भएकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार