Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अब प्रदेशका क्रिकेट खेलाडीलाई पनि क्यानले तलब दिने

    अब प्रदेशका क्रिकेट खेलाडीलाई पनि क्यानले तलब दिने

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 639
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेशका खेलाडीलाई पनि मासिक पारिश्रमिक दिने निर्णय गरेको छ ।

    बिहीबार बसेको क्यान कार्यसमिति बैठकले प्रत्येक प्रदेशका दुई महिला र तीन पुरुष गरी पाँच खेलाडीलाई मासिक १५ हजार तलब दिने निर्णय गरेको हो ।



    सातै प्रदेशका गरी ३५ खेलाडीहरूको पारिश्रमिकबापतको रकम प्रदेशहरूमा पठाइने छ ।



    क्यानका अनुसार, उनीहरूले भदौ १६ गतेदेखि लागु हुने गरी तलब पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार