Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय

    एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको हो ।



    स्रोतका अनुसार सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको छ । एनसेलले नवीकरणबापत तिर्नुपर्ने रकम चार किस्तामा बुझाउनुपर्ने छ ।



    किस्ताहरू तिर्दा १० प्रतिशत ब्याज लिने निर्णयसमेत सरकारले गरेको छ । भदौ १५ गते एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र अवधि सकिँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार