Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • रास्वपा सांसद झाको प्रश्न – पैसाको सेटिङमा नेपाल एयरलाइन्सका जहाज ग्राउण्डेड गरिएको हो?

    रास्वपा सांसद झाको प्रश्न – पैसाको सेटिङमा नेपाल एयरलाइन्सका जहाज ग्राउण्डेड गरिएको हो?

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 231
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पैसाको सेटिङमा नेपाल एयरलाइन्सका जहाज पार्किङमा पुर्‍याइएको हो भन्ने प्रश्न गरेका छन्।

    प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद झाले यस्तो प्रश्न गरेका हुन् ।



    चाडपर्व आउन लागेका बेला अरू कम्पनीहरूसँग पैसाको सेटिङमा नेपाल एयरलाइन्सका जहाज पार्किङमा पुर्‍याइएको हुनसक्ने उनले आशंका गरे ।



    उनले नेपाल एयरलाइन्सका सबै जाहाज ग्राउण्डेड भएको खबर आएकोप्रति सरकारको ध्यानाकर्षण गराए।

    सांसद झाले भने,‘यो चाडपर्व आउन लागेको बेला कतै अन्तर्राष्ट्रिय अरु कम्पनीले अरु सञ्चालितहरुलाई पैसा र नाफा दिनको लागि सेटिङमा आफ्नो ध्वजाबाहकलाई पार्किङमा पुर्‍याइएको हो कि भन्ने पनि आशंका छ।’

    सी चेकको लागि एक महिनाको मात्रै समय लिएर केही दिन दिल्लीमा राखिएको र त्यसपछि इटाली लगिएको उनले बताए ।

    हाल नेपाल एयरलाइन्सले दैनिक पाँच करोड भन्दा धेरै नोक्सानी बेहोरिरहेको उल्लेख गर्दै उनले नेपाल एयरलाइन्सको जहाज ग्राउन्डेड हुनुमा कतै आर्थिक लेनदेन छ कि भनेर प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार