Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • काठमाडौंका १२ जना नगर प्रहरीले लगाए दर्ज्यानी चिन्ह

    काठमाडौंका १२ जना नगर प्रहरीले लगाए दर्ज्यानी चिन्ह

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 930
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले उनीहरुलाई आज प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीयस्तरीय निर्णयबाट नगर प्रहरी सहायक निरीक्षकबाट नगर प्रहरी नायब निरीक्षकमा तह वृद्धि गरिएको महानगरले जनाएको छ ।



    तह वृद्धि गरिएका प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार