Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • म प्रधानमन्त्रीको लाइनमा छैन, पार्टीमा थुप्रै नेता म भन्दा योग्य छन् : परराष्ट्रमन्त्री आरजु

    म प्रधानमन्त्रीको लाइनमा छैन, पार्टीमा थुप्रै नेता म भन्दा योग्य छन् : परराष्ट्रमन्त्री आरजु

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 921
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्रीको लाइनमा नरहेको स्पष्ट पारेकी छन् ।

    बिहीबार धनगढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राणाले सो कुरा स्पष्ट पारेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भनेकाले धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी ? भन्दै पत्रकारले प्रश्न सोधेका थिए ।



    सोही प्रश्नको जवाफमा उनले पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे आफू जानकार रहेको बताइन् ।’ प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नु भएको होला,’ उनले भनिन् ।



    उनले कांग्रेस पार्टीमा थुप्रै नेता प्रधानमन्त्रीका लागि योग्य भएकाले आफू त्यसको लाइनमा नभएको बताइन् । यस्तै दुई ठूला दल मिलेर सरकार बन्नु अनौठो नभएको समेत उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार