Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • गाजाको सुरुङबाट बन्धकको उद्धार

    गाजाको सुरुङबाट बन्धकको उद्धार

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 651
    SHARES

    फाइल तस्विर

    एजेन्सी । हमासको आक्रमणको क्रममा पक्राउ परेका एक बन्धकलाई मंगलबार गाजास्थित एक सुरुङबाट उद्धार गरिएको छ ।

    एक अमेरिकी अधिकारीका अनुसार गाजा युद्धविराम र बन्धक मुक्तिको सम्झौता सुरक्षित गर्ने उद्देश्यले कतारमा वार्ता जारी रहेको छ तर, इजरायल र हमास कसैले पनि सहभागिताको निरन्तरता पुष्टि गरेका छैनन् ।



    इजरायली सेनाले ५२ वर्षीय काइद फरहान अल्कादीलाई दक्षिणी गाजाको एउटा सुरुङबाट एक्लै रहेको अवस्थामा फेला पारी उद्धार गरेको जनाएको छ ।



    गत अक्टोबरमा दक्षिणी इजरायलमा भएको आक्रमणको क्रममा अपहरणमा परेका २५१ जना मध्ये उनी एक हुन् । बन्धकमध्ये १०४ जना अझै पनि गाजामा बन्दी छन् भने ३४ जनाको मृत्यु भइसकेको सेनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार