Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता

    काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, १२ भाद्र २०८१
  • 723
    SHARES

    फाइल तस्विर

    जुम्ला । जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकल चालक बेपत्ता भएका छन् ।

    जिल्लाको पातारासी गाउँपालिका–४ मा रहेको लुमस्थित जवा नदीको काठेपुल तर्ने क्रममा खसेर बेपत्ता भएका हुन् ।



    सोही गाउँपालिका–७, रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।



    आज बिहान पालिकाको लासी बजारबाट तल्फी जाने क्रममा क १ प १८२० नम्बरको मोटरसाइकल नदीमा खसेको जानकारी आएपछि उद्धारका लागि प्रहरी घटनास्थलमा खटिएको थियो ।

    मोटरसाइकलमा सवार यात्रु पातारासी गाउँपालिका–७, रिनीका २७ वर्षीय जयबहादुर खड्कालाई उद्धार गरिएको थियो । बेपत्ता चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार