Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • निगमका तीनवटा जहाज ‘ग्राउन्डेड’, एकैदिन गुम्यो एक करोड रुपैयाँ !

    निगमका तीनवटा जहाज ‘ग्राउन्डेड’, एकैदिन गुम्यो एक करोड रुपैयाँ !

    अनलाइन नेपाल
  • बुधबार, १२ भाद्र २०८१
  • 519
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का तीन वटा जहाज ग्राउन्डेड छन् । जस कारण दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका हुन् ।

    निगमसँग भएका चारमध्ये तीन वटा जहाज ग्राउन्डेड हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा झन्डै आठ सय जना यात्रु प्रभावित भएका छन् ।



    निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडान रद्द हुँदा यात्रु प्रभावित बन्न पुगेका हुन् ।



    उडान रद्द हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुको व्यवस्थापन र टिकटमा हिजोको उडानबाट मात्रै निगमले एक करोड रुपैयाँ गुमेको निगमले जनाएको छ ।

    चाडपर्वकै बेलामा निगमका जहाज ग्राउन्डेड हुँदा टिकट नपाउने तथा हवाई भाडामा मनपरी हुने जोखिमसमेत बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार