Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • शंखमूलमा स्नुकर सञ्चालक बान्तवाको हत्या आरोपमा एमके पक्राउ

    शंखमूलमा स्नुकर सञ्चालक बान्तवाको हत्या आरोपमा एमके पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १२ भाद्र २०८१
  • 339
    SHARES

    काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले शंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बान्तवाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय एमके कुमार छन् ।



    बान्तवाको हत्या आरोपमा एमकेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसइबीका कारण उनले बान्तवाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सोमबार बिहान करिब २ बजेतिर रुपक आफ्नै खाजा तथा स्नुकर हाउसको सोफामा गम्भीर घाइते अवस्थामा भेटिएका थिए।

    टाउकोमा धारिलो हतियार प्रहारबाट घाइते भएका उनलाई प्रहरीले उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याएपछि साढे २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    शंखमूलकै साइबाबा पार्कस्थित टहरामा भाडामा बस्दै आएका एमकेको कोठाबाट प्रहरीले घटनामा प्रयोग भएको रड पनि बरामद गरेको छ।

    त्यस्तै मृतक राईको पर्स, चस्मा, झोला लुगा पनि बरामद भएको प्रहीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार