Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेस एमालेलाई प्रचण्डको आग्रह–अब प्रचण्डजी भनेर फकाउन नखोजे हुन्छ

    कांग्रेस एमालेलाई प्रचण्डको आग्रह–अब प्रचण्डजी भनेर फकाउन नखोजे हुन्छ

    अनलाइन नेपाल
  • मंगलबार, ११ भाद्र २०८१
  • 222
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र अब सत्ताको खेलमा नलाग्ने दाबी गरेका छन् ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भने–‘माओवादी अब सत्ताको खेलमा लाग्ने छैन । तपाईँहरूसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन ।’



    माओवादी भनेको आन्दोलन भएको बताउँदै उनले भने–‘यस बिचमा केही कमजोरी भयो । त्यही कमजोरीमा खेलेर विभिन्न खालको चलखेल भए ।’



    माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने पार्टी बनाउने दावी गरेका उनले भने–‘पहिला पनि बनाएको र अहिले पनि बनाइन्छ ।’

    एमाले र कांग्रेसलाई अबको चुनावसम्म मिलिराख्न आग्रह गरेका उनले त्यस बिचमा आफूलाई प्रचण्डजी भनेर फकाउन नआउन पनि आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार