Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

    चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ भाद्र २०८१
  • 6.4K
    SHARES

    फाइल तस्विर

    सल्यान । सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

    कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक हुन् । सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो गएका कार्कीलाई सोमबार साँझ ५ बजे चट्याङले हानेको थियो ।



    चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।

    कार्कीको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार