Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • कपन र लुभुको सयौँ रोपनी जग्गाबारे त्रिवि बेखबर

    कपन र लुभुको सयौँ रोपनी जग्गाबारे त्रिवि बेखबर

    अनलाइन नेपाल
  • मंगलबार, ११ भाद्र २०८१
  • 438
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण भएको विषयमा सरकारी अध्ययन भइरहेका बेला विगतमा त्रिविलाई दिने घोषणा गरिएको तर हालसम्म भोगचलन नै गर्न नपाएको जग्गाको विषयमा नयाँ तथ्य पत्ता लागेको छ ।

    काठमाडौँ उपत्यकाभित्र रहेको त्रिविको जग्गाको विषयमा अध्ययन गर्ने क्रममा उक्त तथ्य पत्ता लागेको हो ।



    अध्ययनका क्रममा ललितपुर लुभुको ३७५ रोपनी र कपनको २९ रोपनी आठ आना जग्गाको विषय हालसम्म बेखबर छ । जब कि यी दुवै स्थानको जग्गा त्रिविलाई दिने भनिएको सरकारी दस्ताबेजबाट नै पुष्टि हुन्छ ।



    तत्कालीन मुमा बडामहारानीद्वय कान्ति राज्यलक्ष्मी र ईश्वरी राज्यलक्ष्मी शाहले हालको त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि ललितपुरको लुभुमा ३७५ रोपनी जग्गा दिएका थिए ।

    २०१३ सालमा आफ्नो निजी बिर्ताका रूपमा रहेको उक्त जग्गा उनीहरूले त्रिवि स्थापना नहुँदै दिने घोषणा गरेका थिए । तर अहिले उक्त जग्गा के कस्तो अवस्थामा छ भन्ने विषयमा कसैलाई थाहा छैन । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार