Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अब सरकारभन्दा संगठन निर्माणतर्फ लाग्छौं : प्रचण्ड

    अब सरकारभन्दा संगठन निर्माणतर्फ लाग्छौं : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १० भाद्र २०८१
  • 393
    SHARES

    कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारभन्दा संगठन निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

    पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक समापनका क्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    अध्यक्ष प्रचण्डले पार्टीको प्राथमिकता सरकारमाभन्दा संगठन निर्माण र विचारको विकास भएको बताए ।



    उनले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।

    अध्यक्ष प्रचण्डले भने,’हामी सरकारको जोडघटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अबको कार्यभार पार्टी र विचारको विकास गर्नेगरी लाग्ने हो।’

    उनले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र अहिलेका उपलब्धिको रक्षा अन्य दलबाट सम्भव नरहेको बताए ।

    बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष दाहालले बताए ।

    उनले पार्टीलाई एकताबद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार