Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • पाकिस्तानमा सशस्त्र विद्रोहीको आक्रमणमा परी २२ जनाको मृत्यु

    पाकिस्तानमा सशस्त्र विद्रोहीको आक्रमणमा परी २२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १० भाद्र २०८१
  • 294
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले २२ जनाको गोली हानी हत्या गरेका छन् ।

    सुरक्षा फौजकाअनुसार साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो।



    पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।



    पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार