काठमाडौं । काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ गरी ३२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ९७९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
Leave a Reply