Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पार्टीमा कुनै विवाद छैन, पूर्ण रूपमा एकताबद्ध छ : अध्यक्ष प्रचण्ड

    पार्टीमा कुनै विवाद छैन, पूर्ण रूपमा एकताबद्ध छ : अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 342
    SHARES

    कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् ।

    पोखरामा आजदेखी सुरू भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले यस्तो बताएका हुन् ।



    उनले पार्टीमा अब कुनै पनि विभाजन नआउने र विगतमा विभाजित भएकाहरू समेत एकै ठाउँमा केन्द्रित हुने उल्लेख गरे ।



    अध्यक्ष प्रचण्डले भने, “हामी पार्टीमा विवाद भएकाले तपाईहरूसँग आएका होइनौँ । पार्टीलाई थप गतिशील र सुदृढ बनाउने योजनाअनुसार कुरा सुन्न आएका हौँ । हाम्रो पार्टी पूर्ण रूपमा एकताबद्ध छ, कसैले फूटाउन सक्दैन बरु फुटेर गएका शक्तिलाई एकताबद्ध गरिनेछ ।”

    पार्टीको नेतृत्वमा बनेको सरकारले विकास, समृद्धि र सुशासनका लागि धेरै काम गरेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले ती कामको जनतामा प्रचारप्रसार गर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार