Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ३० वर्षे सेवाहद हटाउन सशस्त्रका अधिकारी पनि सर्वोच्चमा

    ३० वर्षे सेवाहद हटाउन सशस्त्रका अधिकारी पनि सर्वोच्चमा

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवाहद थमौती भएपछि सशस्त्र प्रहरी बलका अधिकारीहरु समेत सर्वोच्च अदालत पुगेका छन् ।

    १६ भदौदेखि अवकाश पाउन लागेका डिआइजीसहितका अधिकारीले आइतबार रिट दर्ता गराएका हुन् ।



    डीआईजीहरु अभिकुमार खत्री, दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरू पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र दीपेन्द्र गिरीले रिट दायर गरेका हुन्। मंगलबारका लागि उनीहरुको पेशी तोकिएको छ ।



    गत बिहीबार नेपाल प्रहरीमा सेवाहदका आधारमा अवकाश नदिन सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

    सोही आधारमा उनीहरु जागिर लम्बिने आशमा सर्वोच्च गएका हुन् ।

    सशस्त्रमा ३० वर्षे सेवाहद हटेमा बढुवाको जाम झनै बढ्ने र संगठन अस्तव्यस्त हुने जोखिम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार