Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • माधव नेपालको प्रश्न – के हाम्रो पार्टी वैद्य र विप्लवको भन्दा सानो छ ?

    माधव नेपालको प्रश्न – के हाम्रो पार्टी वैद्य र विप्लवको भन्दा सानो छ ?

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 261
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सानो पार्टी भनेर धेरै गीत गाउन जरुरी नभएको बताएका छन् ।

    आइतबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले सानो पार्टी भनेर हिनताबोध नगर्न आफ्ना दलका नेताहरुलाई आग्रह गरे ।



    अध्यक्ष नेपालले भने, ‘सधैंभरि एउटै गीत सानो पार्टी, सानो पार्टी । म त शब्द पनि सुन्न चाहन्न । के सानो पार्टी, मजदुर किसान पार्टीभन्दा सानो छ ? मोहनबिक्रमजीको पार्टीभन्दा सानो छ, मोहन वैद्यको पार्टी भन्दा सानो छ ? विप्लवजीहरुको पार्टी भन्दा सानो छ ?’

    हरेक पार्टी निर्माणको इतिहास कोर्दा आत्तिनुपर्ने केही नभएको नेपालले बताए । हिजो बिद्रोह गरेर ठीक गरेको भन्दै निराशाको गीत नगाउन आग्रह गरे ।

    पार्टी छाडेर गएकाहरुको मात्र हिसाब नगर्न र आउनेहरुलाई पनि हेर्न उनले आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार