Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • कांग्रेस र एमालेले संविधानको फुलिस्टप पनि चेन्ज गर्न सक्दैनन् : झलनाथ खनाल

    कांग्रेस र एमालेले संविधानको फुलिस्टप पनि चेन्ज गर्न सक्दैनन् : झलनाथ खनाल

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 240
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले संविधान संशोधन असम्भव रहेको बताएका छन् ।

    काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको शपथग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन्।



    उनले संविधान संशोधनको हल्ला जति पिटाएपनि आफुहरु विना असम्भव रहेको बताए ।



    नेता खनालले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरुले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने बताए।

    नेता खनालले भने, ‘दुई वटा पार्टीको सरकार बनेको छ । यी दुई घमण्डी पार्टीहरु हुन । भ्रष्ट पार्टीहरु हुन् । र अवसरवादी पार्टीहरु हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन हो ।’

    दुई ठूलो पार्टीले आफूहरुको सहयोगविना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि चेन्ज गर्न नसक्ने सम्मानित नेता खनालको दाबी छ ।

    उनले संविधान संशोधनको नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारुढ दलहरुले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार