Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते

    भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 750
    SHARES

    काठमाडौं । भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्।

    बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना हुँदा कम्तीमा ३० भन्दा बढी घाइते भएका हुन्।



    ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिँदा बस अनियन्त्रित भएर पल्टिएको थियो।



    एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।

    सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार