Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • १६ वर्षीया बालिकामाथि सात जनाले सामूहिक बलात्कार गरेको आरोप

    १६ वर्षीया बालिकामाथि सात जनाले सामूहिक बलात्कार गरेको आरोप

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 696
    SHARES

    झापा । झापामा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्लाको अर्जुनधारा नगरपालिका– ५ मा सात जनाले सामूहिक बलात्कार गरेको उजुरी परेसँगै घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । एक जना भने फरार छन् ।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुले १६ वर्षीय बालिकालाई एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार गरेको आरोप छ ।



    झापा प्रहरीका अनुसार संलग्न भएमध्ये अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेका छन् ।

    उनीहरुले पहिले साँझ अर्जुनधारा–८ नयाँ बजारको बाख्रा हाटको फलैंचामा बालिकालाई बलात्कार गरेका थिए ।

    पुनः राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा लगेर अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी र होटल मालिकसहित थप चार जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले पालैपालो बलात्कार गरेको बताइएको छ । घटनामा संलग्नमध्ये तामाङ फरार छन् । बालिकालाई घुम्न जाने भन्दै बोलाएर राति करिब साढे ८ बजे हटिया लाग्ने स्थान र त्यसपछि करिब ११ बजे होटलमा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज म्याद थप गर्ने प्रहरीको तयारी छ भने फरार एक जनाको खोजी कार्य जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार