Online Nepal
  • आइतबार, २० असोज २०८१
  • तीन डीआईजीसहित २३ सयभन्दा बढी प्रहरी कोरोना संक्रमित

    तीन डीआईजीसहित २३ सयभन्दा बढी प्रहरी कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, २२ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या २३ सय भन्दा बढी रहेकाे छ । हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार ३ सय १७ पुगेको छ । जसमध्ये १३ सय ५० जना सक्रिय संक्रमित छन् ।

    काठमाडौं उपत्यकामा मात्रै ७ सय ४८ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा २ सय १६, प्रदेश २ मा ६८, वाग्मती प्रदेशमा ६९, गण्डकीमा ८३, प्रदेश ५ मा १ सय ८, कर्णाली प्रदेशमा ४१ र सुदूरपश्चिम प्रदेशमा १७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।



    ९ सय ६७ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ८४ र काठमाडौं उपत्यकाका ६ सय ६४ जना सक्रिय संक्रमित छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार