Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुनकोसीमा खसेको हाइलक्स भेटियो, तीन यात्रुको अवस्था अझै अज्ञात

    सुनकोसीमा खसेको हाइलक्स भेटियो, तीन यात्रुको अवस्था अझै अज्ञात

    अनलाइन नेपाल
  • शनिबार, ८ भाद्र २०८१
  • 4.4K
    SHARES

    सिन्धुली । सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडी भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुर्घटना भएको स्थान नजिकै उक्त गाडी भेटिएको हो । गाडीसँगै बेपत्ता भएका तीन जना यात्रु भने भेटिएका छैनन् । उक्त गाडी अहिले पानीबाट निकाल्ने प्रयास भइरहेको छ ।



    पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको हाइलक्स गाडी सुनकोसी नदीमा खस्दा गाडीसहित तीन जना बेपत्ता भएका थिए । गाडीमा सवार चार जनामध्ये एकले हाम फालेर ज्यान बचाएका छन् ।



    सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् । उनीहरुको अहिले पनि गोताखोरले खोजी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार