Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रचण्डको आरोप – नेपालमा हाल भ्रष्टाचारीको सरकार छ

    प्रचण्डको आरोप – नेपालमा हाल भ्रष्टाचारीको सरकार छ

    अनलाइन नेपाल
  • शनिबार, ८ भाद्र २०८१
  • 585
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हाल भ्रष्टाचारीको सरकार भएको आरोप लगाएका छन् ।

    शनिबार काठमाडौंमा माओवादी केन्द्र नुवाकोट सम्पर्क समितिको भेलामा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।



    उनले भ्रष्टाचारविरुद्ध अभियान थालेकाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताए । हाल भ्रष्टाचारीको सरकार भएको उनले आरोप लगाए ।



    उनले भने, ”देख्दाखेरि त नेपाल कांग्रेस र एमाले नेताहरूले मिटिङ गरेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ रूपमा, तर त्यो मात्रै हो । सारचाहिँ यो देशका दलाल पुँजीपतिहरू, बिचौलियाहरू, कमिसनखोरहरू, जालीफटाहाहरूले तिनीहरू (कांग्रेस–एमाले) लाई आफ्नो प्रतिनिधिका रूपमा शृंगारपटार गर्न यो सरकार बनाइएको हो । त्यसकारण यो भ्रष्टाचारीहरूकै सरकार हो । यो भ्रष्टाचारीहरूको रक्षाको निम्ति बनाइएकै सरकार हो ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार