काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा निकै ठूलो भ्रष्टाचार भएको बताएका छन् ।
अस्ट्रेलियाको सिड्नीमा झापाली समाजले आयोजना गरेको साक्षात्कार कार्यक्रममा लिङदेनले विमानस्थल निर्माणका क्रममा निकै ठूलो भ्रष्टाचार भएको केही तथ्य फेला परेको बताएका हुन् ।
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारका विषयमा संसदीय छानबिन समितिको संयोजक भएको नाताले अहिले सबै कुरा बताउन नमिल्ने उनले उल्लेख गरे ।
तर, केही बदमासीको तथ्य प्राप्त भएको उनले जानकारी गराए । यस्तै उनले विगतमा आफूले हिन्दुराष्ट्र र राजतन्त्रका पक्षमा बोल्दा नकारात्मक टिप्पणी गर्ने गरिएको पनि उनले स्मरण गरे ।
Leave a Reply