Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कांग्रेस नेताहरूको सुझाव – हिन्दूराष्ट्रलाई संविधान संशोधनको एजेन्डा बनाऔँ

    कांग्रेस नेताहरूको सुझाव – हिन्दूराष्ट्रलाई संविधान संशोधनको एजेन्डा बनाऔँ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरूले हिन्दूराष्ट्रलाई संविधान संशोधनको एजेन्डा बनाउन सुझाव दिएका छन् ।

    सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान केन्द्रीय समन्वय समितिमा आवद्ध नेताहरूले शुक्रवार पार्टी सभापति शेरबहादुरलाई भेटेर यस्तो सुझाव दिएका हुन् ।



    सनातन हिन्दूराष्ट्र नेपाल स्थापनाको विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै यसलाई संविधान संशोधनको एजेन्डा बनाउन उनीहरुलाई पार्टीलाई सुझाव दिए ।



    पछिल्लो महासमिति बैठकमा महासमिति सदस्यहरूको बहुमतले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षरसहित बुझाएको मागलाई कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले सम्बोधन गर्नुपर्ने भन्दै उनीहरूले सभापतिसमक्ष स्मरणपत्र बुझाएका छन् ।

    महाअभियानका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य माननीय शंकर भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सभापति देउवालाई पत्र बुझाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार