भैरहवा । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मीको संगठन प्रमुख (आइजीपी)सरह जिम्मेवारी भएको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयको सातौं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै अर्यालले यस्तो बताएका हुन् ।
उनले सीमा सुरक्षाका लागि पालेको रुपमा तैनाथ एक सय जनामध्ये १ जनाले मात्र गल्ती गरेमा सम्पूर्ण संगठनकै बद्नाम हुने भएकाले आफ्नो राष्ट्र र राष्ट्रको झण्डा ख्याल राखेर काम गर्न निर्देशन दिए ।
लुम्बिनी आर्थिक, राजनीतिक, धार्मिक रुपले विशिष्ट प्रदेश भएकाले यस्तो अवस्थामा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै उनले राजश्व चुहावट नियन्त्रण प्रभावकारी भूमिका खेल्न निर्देशन दिए ।
‘सीमा रक्षामा मोहिलजा देखाएर सह्य हुँदैन । अपराधीलाई बचाउनु पनि अपराध हो । ख्याल गर्नुहोला । सबैले कमाण्डरको भावनाले काम गर्नुस् । ड्युटीमा खटिने व्यक्ति नै आइजीपी हो’, आईजीपी अर्यालले भने ।
Leave a Reply