Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • भारत भ्रमणबारे परराष्ट्रमन्त्री राणाको ब्रिफिङ – वर्तमान सरकारप्रति भारत सकारात्मक छ

    भारत भ्रमणबारे परराष्ट्रमन्त्री राणाको ब्रिफिङ – वर्तमान सरकारप्रति भारत सकारात्मक छ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 261
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो भारत भ्रमणबारे कांग्रेसको केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गरेकी छन् ।

    पार्टी कार्यालय सानेपामा बसेको बैठकमा परराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेकी हुन्।



    परराष्ट्रमन्त्री राणाले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारप्रति भारतको प्रतिक्रिया राम्रै रहेको बताईन् ।



    परराष्ट्रमन्त्री देउवा भारत भ्रमण पुरा गरेर बिहीबार मात्र स्वदेश फर्किएकी थिइन् ।

    उनले भारतीय अधिकारीहरुसँग पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको जानकारी दिइन् ।

    उनले भारत भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएको र सो क्रममा आफूले प्रधानमन्त्री केपी शर्माओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् ।

    उनले मोदीले नेपाल आउने जवाफ दिएको तर कहिले भन्नेबारे चाहिँ निश्चित नभएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार