Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कांग्रेस नेता बस्नेतको प्रश्न – आफ्नै गृहमन्त्री हुँदा पनि रविलाई थुन्न किन ढिला गरेको ?

    कांग्रेस नेता बस्नेतको प्रश्न – आफ्नै गृहमन्त्री हुँदा पनि रविलाई थुन्न किन ढिला गरेको ?

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 741
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य  जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।



    उनले लामिछानेको दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि पक्राउ गर्न ढिलाई गर्न नहुने बताए ।



    नेता बस्नेतले सरकार र गृहमन्त्री आफ्नै हुँदा पनि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो भन्दै प्रश्न गरे।

    नेता बस्नेतले भने,’दोहोरो पार्सपोर्ट र नागरिकता भएपछि के को ढिलाई ? सहकारी ठगी उनको थप अपराध हो । तुरुन्त थुनौं ।’

    उनले लामिछानेलाई पक्राउ नगर्ने हो भने प्रत्येक नेपाली नागरिकलाई दोहोरो पार्सपोर्ट र नागरिकता दिनुपर्ने समेत बताए ।

    नेता बस्नेतले नेताहरुलाई छुट दिँदा जनतालाई किन छुट नदिने भन्दै प्रश्न समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार