Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मर्स्याङ्दी बस दुर्घटना : घाइते २९ जनाको उद्धार

    मर्स्याङ्दी बस दुर्घटना : घाइते २९ जनाको उद्धार

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 540
    SHARES

    तनहुँ । तनहुँको आँबुखैरेनी नजिकै भएको बस दुर्घटनामा परेका २९ यात्रुको उद्धार भएको छ ।

    शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो ।



    अहिलेसम्म २९ जनाको उद्धार भए पनि घाइतको अवस्था भने यकिन भएको छैन ।



    नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको प्रहरीले जनाएको छ ।

    बसमा अन्दाजी ४० जना यात्रु रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइनसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा गएको ४५ जनाको टोलीले उद्दार जारी राखेको छ ।

    एसएसपी पौडेलको कमाण्डमा १० जना गोताखोरसहित ४५ जनाको टोली उद्दारमा खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    भिर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने प्रयास भइरहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार