Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगर तनावग्रस्त

    बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगर तनावग्रस्त

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 186
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तरीको हनुमाननगरमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

    हनुमाननगर कंकालिनी नगरपालिका-५ योगिनियामा बिहीबार साँझ बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो।



    भारदह-राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।



    बसको ठक्करबाट मोटरसाइकल चालक हनुमाननगर कंकालिनी-७ का २२ वर्षीय धुरुप मण्डलको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो ।

    मण्डलको मृत्यु भएपछि हनुमाननगर बजार शुक्रबार बिहानैबाट तनावग्रस्त छ । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

    घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले बिहीबार साँझ नै इलाका प्रहरी कार्यालय हनुमाननगर अगाडि टायर बालेर विरोध गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार