Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • एकीकृत समाजवादीले भन्यो – नेताहरूबारे नकारात्मक कुरा सामाजिक सञ्जालमा नलेख्नू

    एकीकृत समाजवादीले भन्यो – नेताहरूबारे नकारात्मक कुरा सामाजिक सञ्जालमा नलेख्नू

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 525
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेताहरूबारे नकारात्मक टिप्पणी सामाजिक सञ्जालमा नलेख्न निर्देशन दिएको छ ।

    महासचिव घनश्याम भूसालले बिहीबार एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरूबारे सामाजिक सञ्जालमा नकारात्मक नलेख्न र शेयर नगर्न निर्देशन दिएका हुन् ।



    ‘राजनीतिक व्यक्ति आफूप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरु कमरेडहरूले पनि उत्तरदायित्वको माग गर्छन् भन्ने कुरा हामीले बुझ्नु पर्छ । त्यसैले पार्टी सम्बद्ध कुनै पनि कमरेडले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु कमरेडहरूका बारेमा कुनै पनि नकारात्मक कुराहरू नलेख्न, शेयर नगर्न, बरु आफूलाई लागेका सबै कुरा पार्टी पद्धति अनुसार उठाउन हार्दिक अपिल गरिन्छ,’ परिपत्रमा उल्लेख छ ।



    दशौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरूको मर्यादा समेत नराख्ने गरी सामाजिक सञ्जालमा टिप्पणी भएको पनि परिपत्रमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार