Online Nepal
  • बुधबार, २ माघ २०८१
  • प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको भयो कार्य प्रगति समीक्षा

    प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको भयो कार्य प्रगति समीक्षा

    कार्यसम्पादन सम्झौतामा पनि हस्ताक्षर

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी कार्ययोजना-२०८० र आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन सम्झौताको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

    बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा समीक्षा कार्यक्रम भएको हो ।



    साथै सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवर र विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

    आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र प्रशासन विभाग प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, प्रदेश समन्वय विभाग प्रमुख, कार्य विभाग प्रमुख, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी अस्पतालका निमित्त मेडिकल डाइरेक्टरबीच हस्ताक्षर भएको हो ।

    साथै प्रहरी महानिरीक्षक कुँवर र लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख र सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच भर्चुअल माध्यमबाट हस्ताक्षर भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर प्रहरी महानिरीक्षक र विभागीय प्रमुखहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबीच भएको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको तथा आज सम्पन्न भएको कार्यसम्झौताको लक्ष्य प्राप्ति गर्न शुरू समयदेखि नै सबैजना कटिबद्ध भएर लाग्नुपर्ने बताए ।

    मुलुकभर शान्ति सुव्यवस्था कायम राख्न, अपराध रोकथाम तथा नियन्त्रण गर्न विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवम् व्यावसायिक सुदृढिकरणको माध्यमबाट प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास र रूपान्तरण गर्न तथा उद्देश्य हासिल गर्न हाम्रो कार्य योजनामा रहेका सम्पूर्ण लक्ष्य प्राप्ति अत्यन्त जरूरी रहेको विचार उनले व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार