Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • भारत भ्रमण सफल र फलदायी भएको परराष्ट्रमन्त्री आरजुको दाबी

    भारत भ्रमण सफल र फलदायी भएको परराष्ट्रमन्त्री आरजुको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 450
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमण फलदायी भएको दाबी गरेकी छिन् ।

    पाँच दिने भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले यस्तो दाबी गरेकी हुन् ।



    उनले आफ्नो भ्रमणले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने बताइन् ।



    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट भएको बताउँदै मन्त्री राणाले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिइन्।

    मन्त्री राणाले भेटका क्रममा प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार