Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मैले छाड्दा नेतृत्व हस्तान्तरण भइहाल्छ भन्ने लाग्दैन : प्रचण्ड

    मैले छाड्दा नेतृत्व हस्तान्तरण भइहाल्छ भन्ने लाग्दैन : प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 648
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुले छाड्दा नेतृत्व हस्तान्तरण नहुने बताएका छन् ।

    बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले आफूलाई अध्यक्ष भइरहने रहर नभएको दाबी गरे।



    तर, आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनले बताए ।



    अध्यक्ष प्रचण्डले भने, ‘३६ वर्ष भइसक्यो । अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । अध्यक्ष भन्दा प्रचण्ड भन्ने नै ठूलो छ मेरो लागि ।अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।’

    तर अहिले नै आफूले छोड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ जस्तो नलागेको उनले बताए ।

    पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछ भन्ने हल्लालाई आफूहरुले खारेज गरिसकेका उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार