Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद मान्य छैन : रवि लामिछाने

    भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद मान्य छैन : रवि लामिछाने

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 465
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन्।

    प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    सभापति लामिछानेले भने, ‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन भन्ने युवाहरूले चित्ता व्यक्त गर्नुभएको छ। म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्न हुने छैन। नो इफ नो बट हाम्रो कुरा क्लियर कट।’



    उनले भ्रष्टाचारको मामिलामा हदम्याद राख्न नमिल्ने बताए । नीतिगत भ्रष्टाचारको विषयमा पनि गम्भीर रूपमा हेर्नुपर्ने सभापति लामिछानेको भनाई छ ।

    सभापति लामिछानेले नीतिगत निर्णय गरेर मन्त्रिपरिषद् लैजाने क्रमलाई रोक्नु पर्ने बताए । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भ्रष्टाचार निवारण ऐनमाथि छलफल चलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार