Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आज स्वदेश फर्किँदै परराष्ट्रमन्त्री आरजु

    आज स्वदेश फर्किँदै परराष्ट्रमन्त्री आरजु

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 312
    SHARES

    काठमाडौं । भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् ।

    उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ ।



    भारतीय समकक्षी एस। जयशंकरको निम्तोमा उनी आइतबार भारत भ्रमणमा निस्केकी थिइन्।



    परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेका छन्।

    भेटका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार