Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्वसचिव नकर्मी कारागार चलान

    सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्वसचिव नकर्मी कारागार चलान

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 345
    SHARES

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीमा सहकारीका पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

    बुधबार जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।



    उनी भदौ २ गते काठमाडौँको दक्षिणकालीबाट पक्राउ परेका थिए । नकर्मीसँगै सहकारीका ६ जना पुर्पक्षका लागि थुनामा छन् ।



    ४४ जनालाई प्रतिवादी बनाएकोमा हालसम्म ६ जना मात्रै पक्राउ परेका छन् । उनीहरुमाथि १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार