Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अब सरकारमा जान माओवादीले हतार गर्दैन : प्रचण्ड

    अब सरकारमा जान माओवादीले हतार गर्दैन : प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 447
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारमा जान हतार नगर्ने बताएका छन् ।

    बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले तत्काल सरकारमा जानतिर लाग्न नहुने बताए ।



    तर अबदेखि सरकारमा जाँदै जाँदैनौं भन्ने पनि सही नभएको उनले बताए ।



    अध्यक्ष प्रचण्डले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौं, सरकार नै हामीसँग आउनुपर्छ।’

    १८ महिना सरकारको नेतृत्व गर्दा गरेको राम्रो कामबाट तर्सिएर कांग्रेस र एमालेले सरकार ढालेको अध्यक्ष प्रचण्डको दाबी छ ।

    सरकार छाड्दा पनि उच्च मनोबलका साथ आएको अध्यक्ष प्रचण्डले बताए । उनले आफु नेतृत्वको सरकारले जनताको बीचमा राम्रै छाप छाडेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार