Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • महिलालाई बन्धक बनाएर हत्या गर्न खोज्ने श्रीमान र ससुरा पक्राउ

    महिलालाई बन्धक बनाएर हत्या गर्न खोज्ने श्रीमान र ससुरा पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 396
    SHARES

    फाइल तस्विर

    गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले महिलालाई बन्धक बनाएर हत्या गर्न खोजेको आरोपमा श्रीमान र ससुरालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ फिनामका महमद अफजल मिया र उनका बुवा महमद अहमद मिया रहेका छन्।



    नाताले श्रीमती एवं बुहारी पर्ने फरिदा खातुनलाई उनीहरुले दुई दिनदेखि कोठामा बन्धक बनाएर केही पनि खान नदिइ राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    कोठाभित्रको खाबोमा ती महिलालाई बाँधेर मार्ने उदेश्य सहित लौरी, पेटी, खुकुर र चक्कु समेतले प्रहार गरेको प्रहरीले जनाएको छ।

    घरभित्र थुनेर गएको अवस्थामा भाग्न सफल भएपछि ती महिलाले आफ्ना श्रीमान र ससुराविरुद्ध जाहेरी दिएकी थिइन्।

    पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार